डेढ किलाे चरेससहित दार्चुलामा २ जना पक्राउ
काठमाडाैं | कात्तिक १, २०८०
सांकेतिक तस्बिर
दार्चुलामा प्रहरीले एक किलो छ सय ग्राम चरेससहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बझाङको बुङ्गल नगरपालिका–७ का ३६ वर्षीय उज्ज्वल बोहरा र २८ वर्षीय रामबहादुर बोहरा रहेका जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक ९डीएसपी० शिवबहादुर सिंहले जानकारी दिनुभयो । आज बुधवार बिहान दार्चुलाको मालिकार्जुन गाउँपालिका–८ पस्तीबाट उनीहरूलाई पक्राउ गरिएको डीएसपी सिंहले बताउनुभयो ।
पक्राउ परेका दुवै जनालाई प्रहरी कार्यालय दार्चुलामा ल्याएर अनुसन्धान भइरहेको बताइएको छ । दार्चुलामा प्रहरीले अहिले लागुऔषधविरुद्धको महाअभियानसमेत चलाइरहेको छ ।
पोखरा - नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ । नेपाल पत्रकार महासंघ, कास्कीले बु...
पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...
राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्। चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

